• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

स्कुल लाइफ Campus Life

日本文化にふれる。仲間とたのしむ。

यो स्कुलमा जापानिज भाषा मात्रै नभयर अतिरिक्त क्रियाकलापहरुमा पनि बिशेष प्राथमिकता दिइन्छ | विभिन्न किसिमका जापानिज संकृति तथा कल्चर सम्बन्धि जानकारी भएमा जापानलाइ राम्ररी चिन्नुका साथै जापानिज भाषा बुझ्ने क्षेमताको पनि बिकाश हुन्छ | बर्षभरिमा धेरै अतिरिक्त क्रियाकलापहरु गर्दछौं | बिद्यार्थी, बिद्यार्थी तथा जापानिज संग आपसी चिनजान तथा जापानिज भाषा को स्तर वृद्धि हुनकासाथै जापानिज कल्चर गहिरो संग ब्रितृत रुपमा बुझ्न सकिन्छ |

क्रियाकलापहरु

स्कुलका कार्यक्रमहरु

  • बक्त्रित्वकला प्रतियोगिता

  • स्नोर्केलिन

  • ब्यायाम

  • सामाजिक भ्रमण

  • बीच पार्टी

  • आतिसबाजी

  • शैक्षिक भ्रमण

  • फूटबल प्रतियोगिता

  • ग्राजुएशन समारोह

जापानिज संस्कृतिको अनुभव

  • फूल ब्यबस्थापन

  • चिया समारोह

  • किमोनो

  • चेरी (साकुरा ) फूल हेर्ने

  • सुलेखन

  • हाइकु कविको जमघट

ओकिनावाको संस्कृतिको अनुभव

  • एइसा

  • सानसिन

  • हारी

बार्षिक कार्यक्रम

अप्रिल अप्रिल शेशनको बिद्यार्थी भर्ना
मे गोल्डेन विकको बिदा, नाहा हारी
जुन समाजको भ्रमण, अन्तरराष्ट्रिय बिध्यार्थिहरुका लागि जापानी बिश्वबिद्यालयमा प्रवेश को लागि परिक्षा
जुलाई जे एल पी टी, तानाबाता फेस्टिभल, फूटबल प्रतियोगिता, जुलाई शेशनको भर्ना
अगस्त बीच पार्टी, गर्मि बिदा
सेप्टेम्बर मन्त्रोच्चारण प्रतियोगिता
अक्टोबर अक्टोबर शेशन को बिद्यार्थी भर्ना, नाहा चुनाहिकी (टग अफ वार)
नोभेम्बर अन्तरराष्ट्रिय बिध्यार्थिहरुका लागि जापानी बिश्वबिद्यालयमा प्रवेश को लागि परिक्षा, खेलकुद समारोह
डिसेम्बर जे एल पी टी, स्पीच कन्टेस्ट, बर्षको अन्तिम पार्टी
जनवरी जाडो बिदा (नयाँ बर्ष), मन्दिर को दर्शन, सुरुवात समारोह, जनवरी शेशन को भर्ना
फेब्रुअरी संस्कृतिक फेस्टिबल, चेरी (साकुरा) हेर्ने भ्रमण
मार्च खेलकुद (स्पोर्ट्स) समारोह, ग्राजुएशन समारोह

छात्रवृति सिस्टम

हरेक बर्ष जेहेन्दार तथा अनुशाशित बिध्यार्थिहरुलाई जापान बिद्यार्थी सेवा संगठनबाट प्रोत्शाहन स्वरुप प्रदान गरिन्छ | १०० प्रतिसत हाजिरी भएका बिध्यार्थिहरुलाई स्कुलका अध्यक्ष बाट बिशेस प्रोत्साहन स्वरुप प्रदान गरिन्छ साथै हाजिरी , परीक्षाको परिणाम, कक्षाको अनुशाशन तथा मनोबृति उत्कृस्ट भएका बिध्यार्थिहरुलाई ग्राजुएशनको बेलामा प्रसंशापत्रका साथ सम्मानित गरिनेछ | छात्रवृति सम्बन्धि बृस्तृत रुपमा जानकारी चाहिएमा कृपया स्कुलमा सम्पर्क गर्नुहोला |

पार्ट टाइम कामको संबन्धमा

अतिरिक्त क्रियाकलापको अनुमति भएको खण्डमा, स्कुलको कक्षा बाहेकको समयमा पार्ट टाइम काम गर्न सकिन्छ | पार्ट टाइम काम गर्न इच्छुक बिध्यार्थिहरुलाई स्कुलले पार्ट टाइम कामको जानकारी तथा परिचय गराउँदछ |

  • रेस्टुरेन्ट स्टाफ

  • कुक

  • बेकरी स्टाफ

  • फार्मेसी स्टाफ , अनुवादकको काम

जिबन शैली सम्बन्धि प्रशिक्षकको अभिबादन

म तपाईंहरु सबै जनाको होस्टेलको साथै दैनिक जीवन प्रक्रिया तथा अन्य आइपर्ने समस्याहरु समाधानको लागि सहयोग गर्ने गर्दछु | यदि होस्टेल अथवा पार्ट टाइम काम गर्ने ठाउँमा कुनै समस्या (Trouble) भएको खण्डमा म बिचमा आइ समस्याको समाधान गर्दछु | कुनै पनि समयमा परामर्स गर्न सक्नुहुन्छ | जापानमा पार्ट टाइम काम गरेको अनुभब भविष्यमा तपाईंहरुको अनुभव तथा सम्पति हुनेछ | पार्ट टाइम काम जीवनशैली लाइ सहयोग मात्र नभयर जापानिजहरुले काम गर्ने शैलीको पनि अध्ययन गर्ने ठाउँ हो | जापानिजहरु संगै काम गर्नाले कम्युनिकेशन तथा कुराकानी गर्ने क्षमता पनि वृद्धि हुन्छ |

ph_togei
तोगेई कोजी