आवाश सुबिधा (बिद्यार्थी छात्राबास )
छात्राबास तथा आवास सम्बन्धमा
स्कुलले बिद्यार्थीको निमित्त बिद्यार्थी छात्राबास को ब्यबस्था गरेको छ | जुनसुकै छात्राबास पनि स्कुलबाट पैदल १० मिनेटको दुरीमा अवस्थित रहेकोले स्कुल आवतजावत गर्न सजिलो छ |राम्रो बातावरण भएको आवाशीय क्षेत्रमा अवस्थित छ |

उपकरण /सामग्री बारे
- सम्पूर्ण बिद्यार्थी छात्राबासहरुमा एसी उपलब्ध छ तथा शावर पनि स्वतन्त्ररुपले प्रयोग गर्न पाइन्छ | किचनमा ग्याँस स्टोभ भएकोले खानापनि पकाउन सकिन्छ |
- डेस्क, कुर्सी, रेफ्रिजरेटर, प्रत्येक कोठा को बत्ति , स्वचालित वाशिंग मेशिन , ट्वाइलेट आदि सम्पूर्ण कुराहरु अपलब्ध भएको हुँदा जापान आइसकेपछि आनन्दले सजिलो संग दैनिक जीवनको सुरुवात गर्न सक्नु हुन्छ |

वरपरको बाताबरण
छात्राबासको वरिपरि सुपर मार्केट, बैंक, हुलाक कार्यालय, अस्पताल, बस स्टेशन तथा मोनोरेल स्टेशन पनि भएकोले दैनिक जीवनको लागि सुविधाजनक छ | सबै कुराहरु स्कुलबाट पैदल १० मिनेट को दुरीमा अबस्थित छन् |

नामिनो उए बीचसम्म पैदल हिंडेर जान सकिन्छ |
बिद्यार्थी छात्राबास बाट पैदल १० मिनेटको दुरीमा
पुगिन्छ | निलो समुन्द्र हेर्दै हिंडेर रमाउन सकिन्छ|
