• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

प्रवेश(भर्ना ) संबन्धि जानकारी , विदेश अध्ययन , छात्राबास

प्रवेश (भर्ना ) संबन्धि जानकारी

जापान मा अध्ययनको लागि भिषाको आबश्यकता पर्दछ | एक बर्ष भन्दा बढी अध्ययन गर्ने व्यक्तिहरुले अध्ययन भिषा लिन सक्दछन | विदेश अध्ययन अबधि ६ महिना भन्दा कम भएपनि पर्यटक भिषा तथा वोर्किंग होलिडे भिषामा पनि भर्ना हुन सकिन्छ |

प्रवेश (भर्ना) सम्बन्धि जिम्मेवार व्यक्ति को अभिबादन

तपाईहरुले जापान अध्ययनको लागि आबेदन गर्न विभिन्न कागजातहरु बुझाउनुका साथै तिनीहरुको मुल्यांकन (जांच) गरिन्छ |
म सकेसम्म स्मुथ तथा आबेदनमा सहजीकरणको लागि पुरा मिहिनेतका साथ पूर्ण रुपमा सपोर्ट गर्नेछु | ढुक्क भएर मेरो जिम्मामा दिनुहोस | यहाँ आइसकेपछि पनि स्कुल अबधिभर आफ्नै परिवारको रुपमा आमा बुवा जस्तै गरि ख्याल (हेरविचार) गर्नेछौं | मलाइ तपाईंहरुको जापानको दाइ को रुपमा सोच्नुहोस | ओकिनावामा तपाईंहरुलाई पर्खि रहेका छौं |

ph_shinzato
सिन्जातो मानाबू

आबेदन गर्ने तरिका तथा भर्ना सम्मको प्रक्रिया

  • 留学ビザを取得して入学する方
  • 留学ビザ意外で入学する方

अध्ययन भिषा लियर भर्ना हुने व्यक्तिहरु

अध्ययन भिषा प्राप्त गर्न लगभग ६ महिना सम्म लाग्दछ |
अध्ययन भिषाको लागि आबेदन कागजातको तयारि तथा अध्यागमन विभागको परिक्षण (जांच) मा समय लाग्दछ |

आबेदन स्वीकृत हुने अबधि अनुमानित जारी मिति भर्ना समय
अप्रिल शेशन सेप्टेम्बर १ ~ अक्टोबर ३१ मार्च को सुरुवात अप्रिलको सुरुवात
जुलाई शेशन जनवरी १५ ~ फेब्रुअरि २८ जुनको सुरुवात जुलाईको सुरुवात
अक्टोबर शेशन मार्च २५ ~अप्रिल ३० सेप्टेम्बेरको सुरुवात अक्टोबरको सुरुवात
जनवरी शेशन जुलाई १ ~ अगस्त ३१ डिसेम्बरको सुरुवात जनवरीको सुरुवात
आबश्यक कागजातहरु बुझाउनु पर्ने(भर्ना भन्दा लगभग ४-५ महिना अगाडी)
भर्नाको लागि आबेदन फाराम तथा विदेश अध्ययन भिषाको लागि आबेदन फाराम बुझाउनु पर्दछ |
आबश्यक कागजातहरु आवेदकको देश अनुसार फरक फरक हुन्छन | बिस्तृत जानकारीको लागि हाम्रो स्कुल तथा विदेश अध्ययन को लागि पठाउने स्थानिय प्रतिनिधिहरु लाइ सम्पर्क गर्नुहोस |
अध्यागमन विभागमा आबेदन(भर्ना भन्दा लगभग ३~४ महिना अगाडी)
स्कुलले अध्यागमन विभागमा सर्टिफिकेट अफ इलिजिबिलिती को लागि आबेदन गर्दछ |
अध्यागमन विभागको परिक्षण (जांच) मा पास भएको खण्डमा लगभग १ महिना भित्र सर्टिफिकेट अफ इलिजिबिलिती स्कुलमा आउँदछ
ट्युशन शुल्क पठाउने
सर्टिफिकेट अफ इलिजिबिलिती आएका आवेदक हरुले स्कुलको निर्धारण गरिएको बैंक खातामा ट्युशन शुल्क जम्मा गर्नु पर्नेछ |
सर्टिफिकेट अफ इलिजिबिलिती पठाउने
स्कुलले ट्युशन शुल्क जम्मा भएको निर्धारण गरिसकेपछि आवेदकलाइ सर्टिफिकेट अफ इलिजिबिलिती तथा स्थानीय ठाउँमा भिषा आबेदन गर्न चाहिने आबश्यक कागजातहरु पोस्टल गरिन्छ |
*स्थानिय प्रतिनिधि (एजेन्ट) मार्फत आबेदन गरेका व्यक्तिहरुको हकमा एजेन्टहरुलाई पोस्टल गर्दछौं |
भिषा आबेदन (भर्ना भन्दा लगभग १ महिना अगाडी)
जापानको लागि भिषा आबेदन आवेदक स्वयं ले गर्नु पर्नेछ |
सर्टिफिकेट अफ इलिजिबिलितीतथा अन्य आबश्यक कागजातहरु जापानी राजदुताबास तथा कन्शुलर को कार्यालयमा बुझाइ भिषा आबेदन गर्नुहोस |
जापान आउने तथा भर्ना
भिषा प्राप्त गरिसकेपछि, प्लेन टिकट किनेर स्कुललाई खबर गर्नुहोस |
स्कुलका स्टाफहरु नाहा एयरपोर्टमा पर्खिरहने छन् | (गाडी द्वारा पिक अप निःशुल्क)
当校ですばらしい留学生活のはじまりです!

गैर बिद्यार्थी भिषाले भर्ना हुने व्यक्तिहरु

बिद्यार्थी भिषा बाहेकका व्यक्तिहरु पनि भर्ना हुन सक्दछन | पर्यटक भिषाले छोटो अबधिको कोर्ष पनि अध्ययन गर्न सकिन्छ | यसबाहेक जापानमा बन्दोबस्ती(सेटलमेन्ट) भिषा, परिवार भिषा, स्पाउस भिषा, वर्किङ्ग होलिडे तथा छोटो समयको भिषा ले पनि अध्ययन गर्न सकिन्छ | हामी तपाईंहरुको इच्छा अनुसारको कोर्ष तयार बनाउँदछौं | बिस्तृत जानकारीको लागि स्कुलमा सम्पर्क गर्नुहोस |

आबश्यक कागजात पेश गर्नुहोस |
भिषा जांच गरिसकेपछि भर्ना प्रक्रियाको बारेमा भन्नेछौं | तसर्थ हाम्रो इमेल ठेगाना तथा फोन नम्बर मा सम्पर्क गर्नुहोस |
फोन नं:(८१) ९८-८६९-८६८६ इमेल:info1@gores.ac.jp
महत्वपूर्ण कागजातको तयारि तथा पेश
भर्ना अबधि, अध्ययन समयको बारेमा परामर्श गर्नेछौं |
आबश्यक कागजातहरु पेश गर्नुहोस | ट्युशन शुल्कको बिल पठाउने छौं |
ट्युशन शुल्क भुक्तानी
कृपया २ हप्ता अगाडी स्कुलको निर्धारण गरिएको बैंक खातामा ट्युशन शुल्क जम्मा गर्नुहोस | छात्राबास पनि आबश्यक भएका व्यक्तिहरुले ट्युशन शुल्क तथा छात्राबास शुल्क पनि संगै जम्मा गर्नुहोस |
ट्युशन शुल्क जम्मा भएको पुस्टि
ट्युशन शुल्क जम्मा भएको पुस्टि भएपछी हामीहरुले भर्ना स्वीकृति पत्र तथा रिसिप्ट जारि गर्नेछौं |
भर्ना
विदेश बाट आउनु हुने व्यक्तिहरुले नाहा एयरपोर्टमा आइपुग्ने मिति, उडान नम्बर तथा आइपुगे समय जानकारी गराउनु होला |
एयरपोर्ट सम्म पिक अप आबश्यक भयका व्यक्तिहरुले आबेदन फाराम मा उल्लेख गर्नुहोला |(वैकल्पिक)
日本語学習だけでなく、日本文化も体験しましょう!