बिद्यार्थी आवाज

सरिता
नेपाल
जापान मा आएको ३ महिना भयो | स्कुल तथा पार्ट टाइम काम मा पनि सजिलो छ | जापानिज अध्ययन गर्न गारो छ तर जापान को जीवन पद्दति (लाइफ स्टाइल) एकदमै राम्रो छ | शिक्षकहरु सबै जना अन्यन्तै सहयोगी तथा कोमल हृदय भएका हुनुहुन्छ | राम्रो मिहिनेतका साथ अध्ययन गरेर २ बर्ष पछि राम्रो ब्यबसायिक (भोकेशनल) कलेज जान चाहन्छु | जापानको ओकिनावा आएर धेरै राम्रो महशुस भयो |

मिरिन
भियतनाम
पहिलो पटक ओकिनावा आउँदा यहाँको जीवन तथा संकृतिमा घुलमिल हुन निकै समस्या भएको थियो | जापानको नियम कानुन तथा म्यानर धेरै कडा छ | १ मिनेट ढिलो भएपनि ढिलो हुन्छ | आफु भन्दा शिनियर हरु संग कुरागर्दाखेरी आदरार्थी शब्दको प्रयोग गर्नु पर्दछ | अहिले म जापानको कल्चर तथा वातावरण मा घुलमिल भएको हुँदा रमाइलो संग जीवन यापन गर्दैछु | मेरो अनुभब तथा प्रगति मेरो लागि बहुमुल्य सम्पत्ति हो |

मोंज्युल
बंगलादेश
यो स्कुलमा आएको १ बर्ष ३ महिना भयो |सुरुका दिनहरुमा जापानिज भाषा राम्ररी बोल्न आउँदैन थियो तर अहिले अलिअलि गर्दै राम्ररी बोल्न आउँछ | अब उप्रान्त पनि राम्ररी मिहिनेत गरि अध्ययन गर्ने सोच छ | निहोन बुन्का केइजाइ गाकुइनले राम्रो भोकेशनल स्कुल पनि खोजिदिने भएको हुँदा सबैजना बिना कुनै चिन्ता, संकोच नमानी ढुक्क संग आउनुहोस् | ओकिनावामा भेटौंला |

मिकाएला
स्विडेन
यो स्कुलमा जापानिज अध्ययन गर्नुका साथै करांते क्लास पनि जाँदैछु | हरेक दिन शुन्दर बीच मा ट्रेनिंग पनि गर्दछु | बिदाको दिन नजिकै को समुन्द्र मा पौंडी खेल्दछु | एकदमै आनन्दको अनुभूति हुन्छ | समुन्द्र, आकाश, हावापानी सबै कुरा शुन्दर तथा राम्रो छ | सर्बोतक्रिस्ट ओकिनावा

तेइ
चीन
ट्रान्सलेटर (अनुवादक) को पार्ट टाइम काम गर्दछु तर राम्रो अनुभब हुन्छ | आदरार्थी भाषा पनि सिकें | ओकिनावामा आएर ओकिनावा सारै नै मन परेका कारण ओकिनावा बाट बाहिर जानै मन लाग्दैन | थप अध्ययनका लागि इच्छा अनुसार चाहेको ओकिनावा विश्व बिद्यालयमा पास गर्न सफल भएँ | तपाईंहरु पनि ओकिनावामा आउनुहोस् |

एभ्रील
फिलिपिन्स
ओकिनावा र फिलिपिन्सको मौशम (जलबायु ) मा समानता भएका कारण बसोबास गर्नका लागि सजिलो छ | जाडो मौशम छोटो तथा बर्षभरिने न्यानो छ |समुन्द्र , आकाश तथा बाताबरण सबै शुन्दर छ | म होटेलमा ट्रांस्लेटर (अनुवादक ) को पार्ट टाइम काम गर्दछु तर भविष्यमा अंग्रेजी तथा जापानिज भाषाको ज्ञान दखल लाइ उपयोग गरि ओकिनावाको होटेलमा स्थाई कर्मचारी भएर काम गर्न चाहन्छु |

दोर्जया
मंगोलिया
भर्खर जापान आएको बखत जापानिज भाषाको लेभल न्यून (कमजोर) थियो | अहिले १ बर्ष भयो, जे एल पी टीपनि एन २ लेभल सम्म भयो | तपाईंहरुको भबिस्यको सपना के हो? राम्रो कलेजहरुमा थप अध्ययन गर्न चाहनु, राम्रो काम (रोजगार) गर्न चाहनु , कम्पनि खोलेर सफल बन्नु | विभिन्न किसिमका सपनाहरु छन् होला | मिहिनेत गरेमा सपना साकार हुन्छन | संगै मिहिनेत गरि अगाडी बढौं |

तुइ
भियतनाम
निहोन बुंका केइजाइ गाकुइन बाट ग्राजुएशन भैसकेपछि जापानको विश्व बिद्यालयमा अर्थशास्त्र बिषयमा थप अध्ययन गर्ने योजना छ | जापानको अर्थतन्त्र मा एकदमै रुचि भएका कारणले हो | त्यसपछि स्नातकोत्तर गरि जापानिज कम्पनीमा काम गर्ने योजना छ | तपाईंहरु पनि एउटा लक्ष्य लियर जापानिज भाषा अध्ययन गर्नुहोस |

ज्ञानेन्द्र (Graduated)
नेपाल
जापानिज भाषा गाह्रो छ तर जति अध्ययन गर्यो त्यति नै रमाइलो छ | स्कुलको सहयोग तथा आफ्नो मिहिनेतले ओकिनावा विश्व विद्यालयको परिक्षा पास गर्न सफल भएँ | मैले आफ्नो सपना (उध्यश्य) पुरा गरेको हुँदा पूर्ण रुपमा सन्तुस्ट छु | परिवारका सबै सदस्यहरु खुसि हुनुहुन्छ | अब उप्रान्त आफ्नो परिवार तथा आफ्नो लागि मिहिनेत जारी राख्छु | म निहोन बुंका केइजाइ गाकुइन प्रति धेरै नै आभारी छु |

कार्लो (graduated)
इटाली
पहिला खान्जी पटक्कै मन पर्दैन थियो | खान्जी पढ्ने तरिका धेरै भएका कारण गाह्रो छ | तर खान्जी जति अध्ययन गर्यो त्यति नै रमाइलो लाग्दै आयो | बर्षात(आमे) लाइ『ऒआमे , कोसामे , चुयु , राइयु ,』 गरि पढ्ने तरिका फरक फरक छन् | रमाइलो छ | ओकिनावा को संस्कृति पनि रमाइलो छ | सबैजनालाई ओकिनावा आउन शिफारिस गर्दछु |