• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

जापानिज कोर्ष सम्बन्धि जानकारी

लामो समयकोजनरल जापानिज कोर्स

बिद्यार्थी अध्ययन भिसा प्राप्त गरि १ बर्ष ३ महिना देखि २ बर्ष सम्म जापानिज भाषा अध्ययन गरिन्छ |
आधा दिनको बिहानी तथा दिवा कक्षा भएको हुँदा अध्ययन तथा प्राइभेट समय पनि हुन्छ |
जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्सि टेस्ट ( जे एल पी टि) लगायत जापानिज भाषाको बोलाइ , सुनाइ , लेखाइ तथा पढाइ चार वटै कुराहरु लाइ समानुपातिक रुपमा सिकाइन्छ | बेसिक देखि एडभान्स सम्म विद्यार्थीको लेभल अनुसारको कक्षाहरु संचालित छन् | दैनिक बोलीचालीको भाषा मात्र नभई विश्व बिद्यालय तथा टेक्निकल (भोकेशनल) कलेज को प्रवेश परिक्षा मा उत्तीर्ण हुन सक्ने लेभल बनाउने लक्ष्य राख्दछौं |

भर्ना समय

भर्ना समय पढ्ने (अध्ययन गर्ने) अबधि
जनवरी १ बर्ष ३ महिना ~ २ बर्ष
अप्रिल २ बर्ष
जुलाई १ बर्ष ९ महिना ~ २ बर्ष
अक्टोबर १ बर्ष ६ महिना ~ २ बर्ष

जुनसुकै शेशनमा भर्ना भएतापनि अधिकतम २ बर्ष |
भर्ना समय अनुसार उच्च शिक्षाको लागि छिटो कोर्ष सकिनेछ |

शैक्षिक कक्षा सम्बन्धमा

लेबल सुरुवात (बिगीनर ) ~ एडभान्स
कक्षा संचालन हुने दिनहरु हप्तामा ५ दिन (सोमबार देखि शुक्रबार सम्म) लगभग २० घण्टा
कक्षा संचालन हुने समय ४५ मिनेट ×४ period
बिहानी सत्र ८:४५ देखि १२:१५ दिवा सत्र १३:३० देखि १७:०० सम्म
कक्षाको आकार १० ~२० जना
नियम र सर्तहरु १८ बर्ष उमेर पुरा भै १२ शैक्षिक बर्ष अध्ययन पुरा गरेको हुनु पर्नेछ |

※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |

प्राथमिक (बेशिक) लेभल आधारभूत जापानिज भाषा को ज्ञान लीएर दैनिक जिबन प्रक्रियामा प्रयोग हुने छोटो(सामान्य ) कुराकानी गर्न सकिन्छ |
प्राथमिक मध्यम लेभल दैनिक जीवनमा प्रयोग हुने कुराहरुमा आफ्नो धारणा, सोच, इच्छा , तथा महत्वपुर्ण कम्युनिकेशन गर्न सकिन्छ | छोटो अनुच्छेद पढ्न तथा लेख्न पनि सकिन्छ |
मध्यवर्ती लेभल सामान्य आधारभूत व्याकरण तथा शब्दावलीको अभ्यास गरि सामान्य कुराकानी गर्ने क्षेमता तथा बाक्यको अर्थ बुझ्ने सिप तथा कौशल को विकास गर्दछौं | दैनिक कुराकानी बोल्न तथा सुन्न कुनै समस्या हुँदैन | जापानिज ल्याङ्ग्वेज प्रोफिशिएन्शि टेस्ट (जे एल पी टी) N3 परिक्षण गर्नेछौं |
मध्यम उच्च लेभल दैनिक जीवनका कुराहरुदेखी सामाजिक कुराहरु, आफ्नो चासो (जिज्ञासा) भएको क्षेत्रको समग्र जानकारीहरु तथा युनिभर्सिटी तथा भोकेशनल स्कूल (सेन्मोन गाक्को) को अन्तरबार्तामा आफ्नो धारणा ब्यक्त गर्न सकिने गरिन्छ | जापानिज ल्याङ्ग्वेज प्रोफिशिएन्शि टेस्ट (जे एल पी टी) N2 परिक्षण गर्नेछौं |
एडभान्स (उच्च) लेभल N2 लेभल को बर्ण (अक्षर), सब्दाबली, अभिव्यक्ति तथा सुन्ने क्षमता लाइ ध्यान दीइ अझ राम्रो नेचुरल जापानिज भाषा बोल्न सक्ने बनाउँदछौं | दृश्य तथा अर्को पक्ष अनुसार सजिलै संग बुझेर कुराकानी गर्न सकिन्छ |

※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |

मुख्य पाठ्य बिषयबस्तु

पाठ्य बिषयबस्तु : बृहत जापानिज, व्याकरण, खांजी, उच्चारण, कुराकानी(संबाद), लिस्निंग(श्रबण), लेखन, रिडिंग(पढाइ), जापान को अवस्था, जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्शि टेस्ट (JLPT) N4 ~N1 सम्म


  • बृहत जापानिज , व्याकरण , खांजी

  • जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्शि टेस्ट(JLPT ) N4 ~N1

  • ओरिजिनल शिक्षण सामाग्रीहरुउच्चारण, कुराकानी (संबाद) DVD

जापानिज बाहेकका अन्य बिशेष कक्षाहरु : जापानिज गीतहरु, चिया समारोह, फूल ब्यबस्थापन, खाना, करांते, व्यापारिक कुराकानी, बिजनेस म्यानर(शिष्टता) तथा अन्य


  • चिया समारोह

  • बिजनेस म्यानर

  • व्यापारिक कुराकानी

छोटो समय तथा लामो समयकोजापानिज बिशेष (स्पेसल )कोर्ष

इच्छा भएको समय, यो कोर्ष जापानिज पढ्न चाहने व्यक्तिहरुका निम्ति हो |
ति व्यक्तिहरु जो जापानमा आइ जापानिज अध्ययन गर्न चाहन्छन , र जापानमा बन्दोबस्ती(सेटलमेन्ट) भिषा, परिवार भिषा, स्पाउस भिषा, वर्किङ्ग होलिडे तथा छोटो समयको भिषा भएका छन् | बिदा (छुट्टी ) को समयमा विदेशबाट सिधै आबेदन गर्न सक्दछन | हामि बिद्यार्थीको इच्छा अनुसारको प्लान तय गर्दछौं | जापानिज भाषाका ४ मुख्य कुराहरु स्पिकिंग(बोलाइ) , लिस्निंग(सुनाइ ) , रिडिंग(पढाइ ) तथा राइटिंग(लेखाई) समानुपातिक रुपले सिकाउँदछौं | लेभल अनुसार बिगीनर देखि एडभान्स सम्म को कक्षा तय गरिन्छ |अथवा समुहमा पनि सिक्न सक्नु हुन्छ |

पढाइ सम्बन्धमा

भर्ना समय आपशी समझदारी अनुसार
पढ्ने समय २ हप्ता देखि २ बर्ष(इच्छा अनुसार)
लेभल बिगीनर देखि एडभान्स
पढाइ हुने दिनहरु प्रति हप्ता ५ दिन (सोमबार देखि शुक्रबार ) लगभग २० घण्टा
कक्षा समय ४५ मिनेट × ४ लेशन
बिहानी सत्र ८:४५~१२:१५, दिवा सत्र १३:३० ~१७:००
संख्या १०~२० जना प्रति कक्षा

※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |

सानो संख्यामाप्राइभेट लेशन

१~४ जना सम्मको सानो संख्यामा अध्ययन गर्ने कोर्ष हो | उध्यश्य अनुशारको बिषयमा समय र कति पटक (संख्या), पढ्ने समय स्वतन्त्रता पुर्बक (खुलेर) फिक्स(सेट) गर्न सकिन्छ | बेसिक देखि एडभान्स लेभल सम्मको बिध्यार्थिहरुलाई मिल्ने बिषयबस्तुको ब्यबस्था गर्दछौं |

पढाइ सम्बन्धमा

भर्ना समय जहिले बाट पनि सुरु गरिन्छ
पढाइ समय चाहेको समय अनुसार
लेभल बेशिक ~ एडभान्स
पढ्ने दिन बार, समय आपसी समझदारी अनुसार निर्धारण गरिनेछ |