• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

ओकिनावाको बारेमा

ओकिनावा About Okinawa

ओकिनावा प्रिफेक्चरमा ३६० वटा टापुहरु रहेका छन | यहाँको जनसंख्या लगभग १४ लाख ३० हजार र क्षेत्रफल २२८१ बर्ग किलो मिटर रहेको छ |ओकिनावा जापानको सबै भन्दा दक्षिणमा अवस्थित छ र यहाँको जलबायु SUBTROPICAL रहेको छ |जाडोमा पनि तापक्रम १० डिग्री भन्दा तल झर्दैन बर्षैभरि फूल फुलिरहने न्यानो ठाउँ छ |यो टापु निलो समुन्द्रले घेरिएको साथै टापुको वरिपरी रहेका कोरल, ट्रोपिकल माछा , कैन्येंन रेज र समुन्द्री कछुवाहरु देख्न सकिन्छ |बसन्तमा व्हेल आफ्नो सन्तान सहित पौंडी खेलिरहेको हुन्छ |

ओकिनावाको मुख्य / प्रमुख सहर (नाहा सिटि)

नाहा सिटि ओकिनावा प्रिफेक्चर को प्रमुख शहर हो | यहाँको जनसंख्या लगभग ३,१०,००० जना भएको राजनीतिक तथा सांकृतिकको पनि प्रमुख शहर हो |यातायातको सुबिधा पनि धेरै राम्रो छ , एयरपोर्ट बाट धेरै नजिक भएका कारण टोक्यो तथा विदेश जानको लागि धेरै सुबिधाजनक छ |

ओकिनावाको जनजीवन

ओकिनावा तुलनात्मक रुपमा टोक्यो भन्दा सस्तो तथा शुरक्षित रहेको छ | सिटि भित्र मोनोरेल तथा बसको सुबिधा भएको हुनाले आवतजावत को लागि पनि शुबिधाजनक छ |

ओकिनावा पर्यटन सूचना सम्बन्धि साइट

おきなわ物語