जापानिज कोर्ष सम्बन्धि जानकारी
लामो समयकोजनरल जापानिज कोर्स
बिद्यार्थी अध्ययन भिसा प्राप्त गरि १ बर्ष ३ महिना देखि २ बर्ष सम्म जापानिज भाषा अध्ययन गरिन्छ |
आधा दिनको बिहानी तथा दिवा कक्षा भएको हुँदा अध्ययन तथा प्राइभेट समय पनि हुन्छ |
जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्सि टेस्ट ( जे एल पी टि) लगायत जापानिज भाषाको बोलाइ , सुनाइ , लेखाइ तथा पढाइ चार वटै कुराहरु लाइ समानुपातिक रुपमा सिकाइन्छ | बेसिक देखि एडभान्स सम्म विद्यार्थीको लेभल अनुसारको कक्षाहरु संचालित छन् | दैनिक बोलीचालीको भाषा मात्र नभई विश्व बिद्यालय तथा टेक्निकल (भोकेशनल) कलेज को प्रवेश परिक्षा मा उत्तीर्ण हुन सक्ने लेभल बनाउने लक्ष्य राख्दछौं |
भर्ना समय
भर्ना समय | पढ्ने (अध्ययन गर्ने) अबधि |
---|---|
जनवरी | १ बर्ष ३ महिना ~ २ बर्ष |
अप्रिल | २ बर्ष |
जुलाई | १ बर्ष ९ महिना ~ २ बर्ष |
अक्टोबर | १ बर्ष ६ महिना ~ २ बर्ष |
जुनसुकै शेशनमा भर्ना भएतापनि अधिकतम २ बर्ष |
भर्ना समय अनुसार उच्च शिक्षाको लागि छिटो कोर्ष सकिनेछ |
शैक्षिक कक्षा सम्बन्धमा
लेबल | सुरुवात (बिगीनर ) ~ एडभान्स |
---|---|
कक्षा संचालन हुने दिनहरु | हप्तामा ५ दिन (सोमबार देखि शुक्रबार सम्म) लगभग २० घण्टा |
कक्षा संचालन हुने समय | ४५ मिनेट ×४ period बिहानी सत्र ८:४५ देखि १२:१५ दिवा सत्र १३:३० देखि १७:०० सम्म |
कक्षाको आकार | १० ~२० जना |
नियम र सर्तहरु | १८ बर्ष उमेर पुरा भै १२ शैक्षिक बर्ष अध्ययन पुरा गरेको हुनु पर्नेछ | |
※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |
प्राथमिक (बेशिक) लेभल | आधारभूत जापानिज भाषा को ज्ञान लीएर दैनिक जिबन प्रक्रियामा प्रयोग हुने छोटो(सामान्य ) कुराकानी गर्न सकिन्छ | |
---|---|
प्राथमिक मध्यम लेभल | दैनिक जीवनमा प्रयोग हुने कुराहरुमा आफ्नो धारणा, सोच, इच्छा , तथा महत्वपुर्ण कम्युनिकेशन गर्न सकिन्छ | छोटो अनुच्छेद पढ्न तथा लेख्न पनि सकिन्छ | |
मध्यवर्ती लेभल | सामान्य आधारभूत व्याकरण तथा शब्दावलीको अभ्यास गरि सामान्य कुराकानी गर्ने क्षेमता तथा बाक्यको अर्थ बुझ्ने सिप तथा कौशल को विकास गर्दछौं | दैनिक कुराकानी बोल्न तथा सुन्न कुनै समस्या हुँदैन | जापानिज ल्याङ्ग्वेज प्रोफिशिएन्शि टेस्ट (जे एल पी टी) N3 परिक्षण गर्नेछौं | |
मध्यम उच्च लेभल | दैनिक जीवनका कुराहरुदेखी सामाजिक कुराहरु, आफ्नो चासो (जिज्ञासा) भएको क्षेत्रको समग्र जानकारीहरु तथा युनिभर्सिटी तथा भोकेशनल स्कूल (सेन्मोन गाक्को) को अन्तरबार्तामा आफ्नो धारणा ब्यक्त गर्न सकिने गरिन्छ | जापानिज ल्याङ्ग्वेज प्रोफिशिएन्शि टेस्ट (जे एल पी टी) N2 परिक्षण गर्नेछौं | |
एडभान्स (उच्च) लेभल | N2 लेभल को बर्ण (अक्षर), सब्दाबली, अभिव्यक्ति तथा सुन्ने क्षमता लाइ ध्यान दीइ अझ राम्रो नेचुरल जापानिज भाषा बोल्न सक्ने बनाउँदछौं | दृश्य तथा अर्को पक्ष अनुसार सजिलै संग बुझेर कुराकानी गर्न सकिन्छ | |
※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |
मुख्य पाठ्य बिषयबस्तु
पाठ्य बिषयबस्तु : बृहत जापानिज, व्याकरण, खांजी, उच्चारण, कुराकानी(संबाद), लिस्निंग(श्रबण), लेखन, रिडिंग(पढाइ), जापान को अवस्था, जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्शि टेस्ट (JLPT) N4 ~N1 सम्म
बृहत जापानिज , व्याकरण , खांजी
जापानिज ल्याङ्ग्वेज प्रोफिसिएन्शि टेस्ट(JLPT ) N4 ~N1
ओरिजिनल शिक्षण सामाग्रीहरुउच्चारण, कुराकानी (संबाद) DVD
जापानिज बाहेकका अन्य बिशेष कक्षाहरु : जापानिज गीतहरु, चिया समारोह, फूल ब्यबस्थापन, खाना, करांते, व्यापारिक कुराकानी, बिजनेस म्यानर(शिष्टता) तथा अन्य
चिया समारोह
बिजनेस म्यानर
व्यापारिक कुराकानी
छोटो समय तथा लामो समयकोजापानिज बिशेष (स्पेसल )कोर्ष
इच्छा भएको समय, यो कोर्ष जापानिज पढ्न चाहने व्यक्तिहरुका निम्ति हो |
ति व्यक्तिहरु जो जापानमा आइ जापानिज अध्ययन गर्न चाहन्छन , र जापानमा बन्दोबस्ती(सेटलमेन्ट) भिषा, परिवार भिषा, स्पाउस भिषा, वर्किङ्ग होलिडे तथा छोटो समयको भिषा भएका छन् | बिदा (छुट्टी ) को समयमा विदेशबाट सिधै आबेदन गर्न सक्दछन | हामि बिद्यार्थीको इच्छा अनुसारको प्लान तय गर्दछौं | जापानिज भाषाका ४ मुख्य कुराहरु स्पिकिंग(बोलाइ) , लिस्निंग(सुनाइ ) , रिडिंग(पढाइ ) तथा राइटिंग(लेखाई) समानुपातिक रुपले सिकाउँदछौं | लेभल अनुसार बिगीनर देखि एडभान्स सम्म को कक्षा तय गरिन्छ |अथवा समुहमा पनि सिक्न सक्नु हुन्छ |
पढाइ सम्बन्धमा
भर्ना समय | आपशी समझदारी अनुसार |
---|---|
पढ्ने समय | २ हप्ता देखि २ बर्ष(इच्छा अनुसार) |
लेभल | बिगीनर देखि एडभान्स |
पढाइ हुने दिनहरु | प्रति हप्ता ५ दिन (सोमबार देखि शुक्रबार ) लगभग २० घण्टा |
कक्षा समय | ४५ मिनेट × ४ लेशन बिहानी सत्र ८:४५~१२:१५, दिवा सत्र १३:३० ~१७:०० |
संख्या | १०~२० जना प्रति कक्षा |
※बिध्यार्थीहरुको कक्षा निर्धारण टेस्ट को रिजल्टको आधारमा गरिनेछ |
सानो संख्यामाप्राइभेट लेशन
१~४ जना सम्मको सानो संख्यामा अध्ययन गर्ने कोर्ष हो | उध्यश्य अनुशारको बिषयमा समय र कति पटक (संख्या), पढ्ने समय स्वतन्त्रता पुर्बक (खुलेर) फिक्स(सेट) गर्न सकिन्छ | बेसिक देखि एडभान्स लेभल सम्मको बिध्यार्थिहरुलाई मिल्ने बिषयबस्तुको ब्यबस्था गर्दछौं |
पढाइ सम्बन्धमा
भर्ना समय | जहिले बाट पनि सुरु गरिन्छ |
---|---|
पढाइ समय | चाहेको समय अनुसार |
लेभल | बेशिक ~ एडभान्स |
पढ्ने दिन | बार, समय आपसी समझदारी अनुसार निर्धारण गरिनेछ | |