• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

गोरेस एकेडेमी जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स को संबन्धमा

अध्यक्षज्यू को मन्तब्य

यस स्कुलमा अहिले सम्म विश्वभरिका २००० भन्दा बढी बिध्यार्थिहरुलाई भर्ना गरि अध्यापन गराइसकेका छौं |शिक्षा को मूलधारमा उभियर जापानको संस्कृति, बानि ब्यबहार, जापानिजहरुको सोच पनि बुझ्नसक्ने गरि जापानिज भाषा मात्रै नभयर जिबन पद्दति , थप उच्च अध्ययन जस्ता सबै कुराहरुको राम्रो मार्ग निर्देशन गर्दछौं | भविष्यमा जापानसंग ब्यापार ब्यबसाय गर्न चाहने बिध्यर्थिहरुका निमित्त धेरै ठुलो सम्पत्ति हुनेछ | हामी विश्वभरका बिध्यार्थिहरुलाई जापानको ओकिनावामा भेट्न पाउँदा अत्यन्तै हर्षित तथा आभारी छौं | सिक्ने इच्छाले बलेको युवाहरुको सपना साकार पार्न सहयोग तथा सपोर्ट गर्नु हाम्रो मिशन (उध्यश्य ) हो |

理事長:仲田俊一
अध्यक्ष नाकाता स्युनइची

स्कुलस्थापनाको सिदान्त

ओकिनावा चारैतिरबाट समुन्द्रले घेरिएको जापान को एउटा टापु हो |भबिस्यमा छिमेकी रास्ट्रहरुसंग व्यापारिक तथा अन्य कुराहरु जस्तै मित्रता , आवत जावत को लागि राम्रो बाताबरण बनाउनु धेरै महत्वपुर्ण छ | ओकिनावाको एशियाली देशहरू संग धेरै समानता रहेको छ जस्तै कला, संस्कृति तथा बातावरण |

ओकिनावा एशिया तथा विश्वका विभिन्न देश हरुबाट बिदेशी पर्यटकहरू र जापान बाट पर्यटकहरु भित्र्याउने दक्षिणी ढोकाको रुपमा रहेको छ | अहिलेको नयाँ युग तथा नयाँ पिंढी हरुको आबश्यकता भनेको अरुको कला, संकृति लाइ आदर तथा सम्मान गर्न सिक्नु हो | यसले नयाँ युगको ढोका खोल्न साँचो को रुपमा काम गर्दछ | ति बिध्यार्थिहरु जसले ओकिनावामा अध्ययन गरेका छन् , तिनीहरु उत्कृस्ट रहने छन् | एकदमै विश्वासिलो , द्वन्द मन नपराउने, हतियार नबोकी सान्ति मन पराउने ओकिनावाका शिस्ट मानिसहरुको बिशेषता हो | हामी आफ्नो संकृति तथा चालचलन भएका, अरुको आदर सत्कार गर्ने संस्कार भयका बिदेसी बिध्यार्थिहरूलाई स्वागत गर्न चाहन्न्छौँ |

ओकिनावाका पारखीहरुले ओकिनावामा भाषा अध्ययन मात्रै नभयर ओकिनावाको राम्रो कुराहरूलाई प्रबर्धन गरिरहेका छन् | ओकिनावाको बिशेस किसिमको रयुक्यु संस्कृति तथा बाताबरणमा अध्ययन गर्न पाउनु गर्वको कुरा हो | ओकिनावाका मानिसहरु उदार हृदय भयका तथा ओकिनावाको संकृति अनुसार बिदेशीहरुलाई आत्मीयताकासाथ् स्वागत गर्नु , सुचनाहरु तथा संस्कृतिहरु प्रति जानकारी राख्नु तथा साटासाट गर्ने भएको हुनाले ओकिनावा मजबुत रुपमा चिनिएको छ | दक्षिण पुर्बी एसियामा हाम्रा पुर्खाहरु लिक्वियो तथा गोरेस का रुपमा परिचित छन् | तिनीहरुको आत्मीय संस्कृति तथा क्रस कल्चर संकृतिका नागरिक छन् र एक अर्कामा आपसी सद्भाव तथा गहिरो आत्मियता र बिश्वास रहेको छ | दक्षिण पुर्बी एशियन राष्ट्रहरुसंग अझै बढी गहिरो आत्मीय सम्बन्ध स्थापित गर्नु पर्ने आबश्यकता रहेको छ |

त्यहि उदेश्यका साथ गोरेस एकेडेमी, जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स को स्थापना गरिएको हो |

~गोरेस भनेर बोलाइएका व्यक्तिहरु~

ओकिनावाको दक्षिण एशियाली देशहरुसंगको व्यापारिक संबन्ध लामो समयदेखि फस्टाइ रहेको छ | चीन संगको गहिरो सम्बन्ध तथा संकृतिको प्रभाब पनि रहेको छ | दक्षिण पुर्बी एशियाबाट आएका ब्यापारीहरुलाई गोरेस भनेर बोलाइनु का साथै एकदमै बिश्वास गरिन्थ्यो | कुनै अविश्वास तथा द्वन्द थिएन 、कुनै हतियार नउठाउने सान्तिप्रेमी ओकिनावाका शभ्य मानिसहरुको इतिहास रहेको छ | अतिथिहरुको सत्कार गर्ने, कोमल हृदय भएका आफ्नो संकृतिमा गर्व गर्ने हामी बिदेशी बिध्यार्थिहरुलाई स्वागत गर्न चाहन्छौं |

इतिहास

१९८८ जुन
टोक्यो तोसिमा कु इकेबुकुरोमा जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स पहिलाको फुजीकल्चर एकेडेमी को स्थापना
१९९८ अक्टोबर
ओकिनावा प्रान्त सिमाजिरी जिल्ला हाएबारु टाउन मा निहोन बुन्का केइजाई गाकुइनको रूपमा स्थापना गरियो।
१९९९ फेब्रुअरी
नाकाता सुनिची डाइरेक्टर मा नियुक्त
१९९९ मार्च
प्रथम बक्त्रित्व प्रतियोगिता को सुरुवात (त्यसपछि निरन्तर रुपमा संचालन )
२००२ सेप्टेंबर
प्रथम मन्त्रोउच्चारण प्रतियोगिताको सुरुवात (त्यसपछि निरन्तर रुपमा संचालन )
२००४ सेप्टेंबर
शेशोको आकेमी प्रधान अध्यापकमा नियुक्त
२००६ अगस्त
ओकिनावा प्रिफेक्चर नाहा सी निसी २-१२-१४ सान्सेरा निशी बिल्डिंग मा स्थानान्तरण
२०११ मार्च
ओकिनावा प्रिफेक्चरद्वारा गाक्को होजिन गोरेस एकेडेमी निहोन बुन्का केइजाइ गाकुइन को रुपमा अनुमोदित
२०१४ अक्टोबर
विद्यालयको बिद्यार्थी क्षमता २ सय ४० जना बाट ३ सय ४० जना विद्यार्थी पुर्याइयो ।
२०१५ जुन
इ – लर्निंग “गोरेस निहोन्गो सुइसुई” शिक्षण सामग्रीको उत्पादन तथा विकास सुरु भयो।
२०१८ अप्रिल
नयाँ लोगो निर्धारण भयो ।
२०१९ फेब्रुअरी
“गोरेस निहोन्गो सुइसुई” बिक्रि वितरण सुरु भयो |
२०१९ अक्टोबर
विद्यालय स्थापनाको २० औं वार्षिकोत्सव मनाइयो |
२०२० जुन
श्री स्यूनइची नाकाता अध्यक्ष तथा प्रिन्सिपल मा नियुक्त हुनुभयो ।

स्कुलका सुविधाहरु / विशेषताहरु

आफुलाई उपयुक्त हुने जापानिज कोर्स छान्न सक्नु हुनेछ
स्तर परिक्षण/जांच गरि आफुलाई उपयुक्त हुने कोर्स अध्ययन गर्नु हुनेछ |
जापानिज विश्व बिद्यालय, ब्यबसायिक कलेज (सेनमोंन गाक्को), जापानिज भाषा परीक्षा (N3 -N1) तथा रोजगारको को निमित्त बिशेस जापानिज भाषा कक्षाहरु संचालन हुन्छन | जापानिज भाषा मात्रै नभएर बिजनेश म्यानर, जापानिज कल्चर (जस्तै: चिया समारोह, फूल सजावट, संगीत, जापानिज खाना आदि) पनि सिकाइन्छ
विश्व भरिका बिद्यार्थीहरु जम्मा भएका छन् |
एशिया, अमेरिका, युरोप आदि विश्व भरिका बिध्यर्थिहरु जम्मा भएका छन् |जापानिज भाषा मात्रै नभएर विश्व भरिको कल्चर /संस्कृतिको आदानप्रदान तथा विभिन्न राष्ट्रहरुको संस्कृति पनि अध्ययन गरौँ |
समग्र जापानिज भाषाको दखल / क्षेमता प्राप्त गर्नुहोस |
हाम्रो स्कुलमा २० जना भन्दा बढी उत्कृस्ट दक्ष जापानिज भाषाका ब्यबसायिक शिक्षकहरु रहेका छन् | एउटा कक्षालाइ ७, ८ जना शिक्षकहरुले पढाउनु हुनेछ | विश्व बिद्यालय तथा ब्यबसायिक कलेज (सेनमोंन गाक्को) भर्ना को निमित्त तथा रोजगार गरे पनि सजिलै कम्युनिकेशन गर्न सकिने गरि बिस्तृत /समग्र रुपमा जापानिज भाषाको अध्यापन तथा निर्देशन गर्दछौं |
हामी अन्तरराष्ट्रिय स्तरको मानब संशाधन उत्पादन गर्नेछौं |
हाम्रो स्टाफहरुले विद्यार्थीको क्षेमता तथा इच्छालाइ मध्यनजर गर्दै क्यारियर (थप अध्ययन) को लागि मार्ग निर्देशन गरि, अन्तरास्ट्रिय समुदायमा सक्रिय भूमिका निर्बाह गर्न सक्ने मानब संशाधनहरु लाइ अध्यापन गराउदछौं | विश्व बिद्यालय तथा व्यवशायिक कलेज (सेनमोंन गाक्को) जाने बिध्यार्थिहरुको १०० प्रतिशत सफल परिणाम रहेको छ |

(स्कुल गीत )
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स गोरेश एकेडेमी

          शब्द : नाकामा हाजिमे  संगीत : कोहाचु शिगेओ

ठूला सपना अनि आशाहरु बोकेका छौं हाम्रै मुटुमा |
दुःख पीडाका लहरहरुलाई खियाइ दिन्छौं |
साथीका ति चम्किला आँखाहरु जब हामि देख्छौं |
ति निर्दोष सपना र आशाहरु साँची राख |
तिमीले निर्धारण गरेका लक्ष्यहरु पुरा गर्न , संघर्ष जारि राख |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्सका बिद्यार्थी हौँ हामि |
हाम्रो सफलता प्रति आशाबादी छौं हामि |

उध्यश्यहरु छचल्किरहेछन |
सद्भाबपूर्ण संघर्ष गर्दै हामि मित्रतालाई प्रगाढ गर्नेछौं |
हाम्रा लक्ष्य प्रति सधै कटिबद्ध रही,
साथीहरु बिचको सद्भाव र लक्ष्यहरुलाई क्षितिज सम्म बिस्तार गर्न |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स,
हामि संग उध्यश्य छ |

जापानको कला संस्कृतिमा भिज्दै यसलाई आफुमा समाहित गरौँ |
हामीले रोजेको बाटोबाट कहिल्यै बिचलित नबनौं |
यो नै शान्ति अनि सफल भबिस्यको राज हुनेछ |
दृढ संकल्प अनि ओजका साथ तिम्रा लक्ष्यका उडानहरुलाई जारि राख |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स,
हामि हाम्रो स्कुल प्रति गर्व गर्दछौं |