गोरेस एकेडेमी जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स को संबन्धमा
अध्यक्षज्यू को मन्तब्य
यस स्कुलमा अहिले सम्म विश्वभरिका २००० भन्दा बढी बिध्यार्थिहरुलाई भर्ना गरि अध्यापन गराइसकेका छौं |शिक्षा को मूलधारमा उभियर जापानको संस्कृति, बानि ब्यबहार, जापानिजहरुको सोच पनि बुझ्नसक्ने गरि जापानिज भाषा मात्रै नभयर जिबन पद्दति , थप उच्च अध्ययन जस्ता सबै कुराहरुको राम्रो मार्ग निर्देशन गर्दछौं | भविष्यमा जापानसंग ब्यापार ब्यबसाय गर्न चाहने बिध्यर्थिहरुका निमित्त धेरै ठुलो सम्पत्ति हुनेछ | हामी विश्वभरका बिध्यार्थिहरुलाई जापानको ओकिनावामा भेट्न पाउँदा अत्यन्तै हर्षित तथा आभारी छौं | सिक्ने इच्छाले बलेको युवाहरुको सपना साकार पार्न सहयोग तथा सपोर्ट गर्नु हाम्रो मिशन (उध्यश्य ) हो |
अध्यक्ष नाकाता स्युनइची
स्कुलस्थापनाको सिदान्त
ओकिनावा चारैतिरबाट समुन्द्रले घेरिएको जापान को एउटा टापु हो |भबिस्यमा छिमेकी रास्ट्रहरुसंग व्यापारिक तथा अन्य कुराहरु जस्तै मित्रता , आवत जावत को लागि राम्रो बाताबरण बनाउनु धेरै महत्वपुर्ण छ | ओकिनावाको एशियाली देशहरू संग धेरै समानता रहेको छ जस्तै कला, संस्कृति तथा बातावरण |
ओकिनावा एशिया तथा विश्वका विभिन्न देश हरुबाट बिदेशी पर्यटकहरू र जापान बाट पर्यटकहरु भित्र्याउने दक्षिणी ढोकाको रुपमा रहेको छ | अहिलेको नयाँ युग तथा नयाँ पिंढी हरुको आबश्यकता भनेको अरुको कला, संकृति लाइ आदर तथा सम्मान गर्न सिक्नु हो | यसले नयाँ युगको ढोका खोल्न साँचो को रुपमा काम गर्दछ | ति बिध्यार्थिहरु जसले ओकिनावामा अध्ययन गरेका छन् , तिनीहरु उत्कृस्ट रहने छन् | एकदमै विश्वासिलो , द्वन्द मन नपराउने, हतियार नबोकी सान्ति मन पराउने ओकिनावाका शिस्ट मानिसहरुको बिशेषता हो | हामी आफ्नो संकृति तथा चालचलन भएका, अरुको आदर सत्कार गर्ने संस्कार भयका बिदेसी बिध्यार्थिहरूलाई स्वागत गर्न चाहन्न्छौँ |
ओकिनावाका पारखीहरुले ओकिनावामा भाषा अध्ययन मात्रै नभयर ओकिनावाको राम्रो कुराहरूलाई प्रबर्धन गरिरहेका छन् | ओकिनावाको बिशेस किसिमको रयुक्यु संस्कृति तथा बाताबरणमा अध्ययन गर्न पाउनु गर्वको कुरा हो | ओकिनावाका मानिसहरु उदार हृदय भयका तथा ओकिनावाको संकृति अनुसार बिदेशीहरुलाई आत्मीयताकासाथ् स्वागत गर्नु , सुचनाहरु तथा संस्कृतिहरु प्रति जानकारी राख्नु तथा साटासाट गर्ने भएको हुनाले ओकिनावा मजबुत रुपमा चिनिएको छ | दक्षिण पुर्बी एसियामा हाम्रा पुर्खाहरु लिक्वियो तथा गोरेस का रुपमा परिचित छन् | तिनीहरुको आत्मीय संस्कृति तथा क्रस कल्चर संकृतिका नागरिक छन् र एक अर्कामा आपसी सद्भाव तथा गहिरो आत्मियता र बिश्वास रहेको छ | दक्षिण पुर्बी एशियन राष्ट्रहरुसंग अझै बढी गहिरो आत्मीय सम्बन्ध स्थापित गर्नु पर्ने आबश्यकता रहेको छ |
त्यहि उदेश्यका साथ गोरेस एकेडेमी, जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स को स्थापना गरिएको हो |
~गोरेस भनेर बोलाइएका व्यक्तिहरु~
ओकिनावाको दक्षिण एशियाली देशहरुसंगको व्यापारिक संबन्ध लामो समयदेखि फस्टाइ रहेको छ | चीन संगको गहिरो सम्बन्ध तथा संकृतिको प्रभाब पनि रहेको छ | दक्षिण पुर्बी एशियाबाट आएका ब्यापारीहरुलाई गोरेस भनेर बोलाइनु का साथै एकदमै बिश्वास गरिन्थ्यो | कुनै अविश्वास तथा द्वन्द थिएन 、कुनै हतियार नउठाउने सान्तिप्रेमी ओकिनावाका शभ्य मानिसहरुको इतिहास रहेको छ | अतिथिहरुको सत्कार गर्ने, कोमल हृदय भएका आफ्नो संकृतिमा गर्व गर्ने हामी बिदेशी बिध्यार्थिहरुलाई स्वागत गर्न चाहन्छौं |
इतिहास
- १९८८ जुन
- टोक्यो तोसिमा कु इकेबुकुरोमा जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स पहिलाको फुजीकल्चर एकेडेमी को स्थापना
- १९९८ अक्टोबर
- ओकिनावा प्रान्त सिमाजिरी जिल्ला हाएबारु टाउन मा निहोन बुन्का केइजाई गाकुइनको रूपमा स्थापना गरियो।
- १९९९ फेब्रुअरी
- नाकाता सुनिची डाइरेक्टर मा नियुक्त
- १९९९ मार्च
- प्रथम बक्त्रित्व प्रतियोगिता को सुरुवात (त्यसपछि निरन्तर रुपमा संचालन )
- २००२ सेप्टेंबर
- प्रथम मन्त्रोउच्चारण प्रतियोगिताको सुरुवात (त्यसपछि निरन्तर रुपमा संचालन )
- २००४ सेप्टेंबर
- शेशोको आकेमी प्रधान अध्यापकमा नियुक्त
- २००६ अगस्त
- ओकिनावा प्रिफेक्चर नाहा सी निसी २-१२-१४ सान्सेरा निशी बिल्डिंग मा स्थानान्तरण
- २०११ मार्च
- ओकिनावा प्रिफेक्चरद्वारा गाक्को होजिन गोरेस एकेडेमी निहोन बुन्का केइजाइ गाकुइन को रुपमा अनुमोदित
- २०१४ अक्टोबर
- विद्यालयको बिद्यार्थी क्षमता २ सय ४० जना बाट ३ सय ४० जना विद्यार्थी पुर्याइयो ।
- २०१५ जुन
- इ – लर्निंग “गोरेस निहोन्गो सुइसुई” शिक्षण सामग्रीको उत्पादन तथा विकास सुरु भयो।
- २०१८ अप्रिल
- नयाँ लोगो निर्धारण भयो ।
- २०१९ फेब्रुअरी
- “गोरेस निहोन्गो सुइसुई” बिक्रि वितरण सुरु भयो |
- २०१९ अक्टोबर
- विद्यालय स्थापनाको २० औं वार्षिकोत्सव मनाइयो |
- २०२० जुन
- श्री स्यूनइची नाकाता अध्यक्ष तथा प्रिन्सिपल मा नियुक्त हुनुभयो ।
स्कुलका सुविधाहरु / विशेषताहरु
- १आफुलाई उपयुक्त हुने जापानिज कोर्स छान्न सक्नु हुनेछ
- स्तर परिक्षण/जांच गरि आफुलाई उपयुक्त हुने कोर्स अध्ययन गर्नु हुनेछ |
जापानिज विश्व बिद्यालय, ब्यबसायिक कलेज (सेनमोंन गाक्को), जापानिज भाषा परीक्षा (N3 -N1) तथा रोजगारको को निमित्त बिशेस जापानिज भाषा कक्षाहरु संचालन हुन्छन | जापानिज भाषा मात्रै नभएर बिजनेश म्यानर, जापानिज कल्चर (जस्तै: चिया समारोह, फूल सजावट, संगीत, जापानिज खाना आदि) पनि सिकाइन्छ - २विश्व भरिका बिद्यार्थीहरु जम्मा भएका छन् |
- एशिया, अमेरिका, युरोप आदि विश्व भरिका बिध्यर्थिहरु जम्मा भएका छन् |जापानिज भाषा मात्रै नभएर विश्व भरिको कल्चर /संस्कृतिको आदानप्रदान तथा विभिन्न राष्ट्रहरुको संस्कृति पनि अध्ययन गरौँ |
- ३समग्र जापानिज भाषाको दखल / क्षेमता प्राप्त गर्नुहोस |
- हाम्रो स्कुलमा २० जना भन्दा बढी उत्कृस्ट दक्ष जापानिज भाषाका ब्यबसायिक शिक्षकहरु रहेका छन् | एउटा कक्षालाइ ७, ८ जना शिक्षकहरुले पढाउनु हुनेछ | विश्व बिद्यालय तथा ब्यबसायिक कलेज (सेनमोंन गाक्को) भर्ना को निमित्त तथा रोजगार गरे पनि सजिलै कम्युनिकेशन गर्न सकिने गरि बिस्तृत /समग्र रुपमा जापानिज भाषाको अध्यापन तथा निर्देशन गर्दछौं |
- ४हामी अन्तरराष्ट्रिय स्तरको मानब संशाधन उत्पादन गर्नेछौं |
- हाम्रो स्टाफहरुले विद्यार्थीको क्षेमता तथा इच्छालाइ मध्यनजर गर्दै क्यारियर (थप अध्ययन) को लागि मार्ग निर्देशन गरि, अन्तरास्ट्रिय समुदायमा सक्रिय भूमिका निर्बाह गर्न सक्ने मानब संशाधनहरु लाइ अध्यापन गराउदछौं | विश्व बिद्यालय तथा व्यवशायिक कलेज (सेनमोंन गाक्को) जाने बिध्यार्थिहरुको १०० प्रतिशत सफल परिणाम रहेको छ |
(स्कुल गीत )
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स गोरेश एकेडेमी
शब्द : नाकामा हाजिमे संगीत : कोहाचु शिगेओ
ठूला सपना अनि आशाहरु बोकेका छौं हाम्रै मुटुमा |
दुःख पीडाका लहरहरुलाई खियाइ दिन्छौं |
साथीका ति चम्किला आँखाहरु जब हामि देख्छौं |
ति निर्दोष सपना र आशाहरु साँची राख |
तिमीले निर्धारण गरेका लक्ष्यहरु पुरा गर्न , संघर्ष जारि राख |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्सका बिद्यार्थी हौँ हामि |
हाम्रो सफलता प्रति आशाबादी छौं हामि |
उध्यश्यहरु छचल्किरहेछन |
सद्भाबपूर्ण संघर्ष गर्दै हामि मित्रतालाई प्रगाढ गर्नेछौं |
हाम्रा लक्ष्य प्रति सधै कटिबद्ध रही,
साथीहरु बिचको सद्भाव र लक्ष्यहरुलाई क्षितिज सम्म बिस्तार गर्न |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स,
हामि संग उध्यश्य छ |
जापानको कला संस्कृतिमा भिज्दै यसलाई आफुमा समाहित गरौँ |
हामीले रोजेको बाटोबाट कहिल्यै बिचलित नबनौं |
यो नै शान्ति अनि सफल भबिस्यको राज हुनेछ |
दृढ संकल्प अनि ओजका साथ तिम्रा लक्ष्यका उडानहरुलाई जारि राख |
जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स,
हामि हाम्रो स्कुल प्रति गर्व गर्दछौं |